© 2026
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकी मुक्तिनाथ विकास बैंककी कर्मचारी सुन्दरी श्रेष्ठको निधन भएको पुष्टि भएको छ। परिवारसहित गोसाइँकुण्ड भ्रमणमा गएका बेला बाढी आएपछि श्रेष्ठ सम्पर्कविहीन भएकी थिइन्। उनको खोजीका क्रममा हातमा ‘गोपाल’ लेखिएको ट्याटु भएको शव फेला परेको थियो। फेला परेको शवको पहिचान पछि उक्त शव सुन्दरी श्रेष्ठकै भएको पुष्टि भएको हो। श्रेष्ठ आफ्ना श्रीमान् तथा परिवारका अन्य सदस्यसँगै गोसाइँकुण्ड भ्रमणमा गएकी थिइन्। भ्रमणकै क्रममा आएको भीषण बाढीमा परेर उनको ज्यान गएको हो।
यसअघि मुक्तिनाथ विकास बैंकले श्रेष्ठको तस्बिर सार्वजनिक गर्दै उनी सम्पर्कविहीन रहेको जानकारी गराएको थियो। बैंक, परिवारजन तथा आफन्तले उनको अवस्थाबारे जानकारी लिन निरन्तर खोजी गरिरहेका थिए। तर खोजीका क्रममा शव फेला परेर पहिचान भएपछि परिवार तथा आफन्तमा थप पीडा थपिएको छ। श्रेष्ठको निधनको खबरसँगै उनका परिवार, आफन्त तथा सहकर्मीहरू शोकमा डुबेका छन्।
भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि अझै केही मानिस सम्पर्कविहीन रहेको र सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन्