Butwal Today

बाढीको क्षति विवरण स्थानीय तहमार्फत संकलन गरिने

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

रसुवामा बाढीपछि भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन तथा अद्यावधिक गरिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रभावित स्थानीय तहका कार्यालयमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको छ ।

विपद् उद्धार तथा राहतका लागि स्थानीय तहले विपद् व्यवस्थापन कोष तथा अन्य स्रोतबाट आवश्यक बजेट नियमानुसार परिचालन गर्ने निर्णयसमेत भएको छ ।

त्यस्तै, नापी विभागले प्रभावित क्षेत्रका निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको विवरण संकलन गर्नुका साथै विपद् नक्सांकनको कार्य गर्नेछ ।

नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी लगायतका जिल्ला प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?