Butwal Today

आवास ग्रुपद्वारा दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार सहयोग

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

बुटवल। रुपन्देहीमा व्यवसाय सञ्चालन गर्दै आएको आवास ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ ।देशले दुःखद विपद्को सामना गरिरहेको अवस्थामा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात् गर्दै ग्रुपले उक्त रकम सहयोग गरेको हो । ग्रुपका प्रबन्ध निर्देशक ९एमडी० महेश थैवले विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आवास ग्रुपले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यमा योगदान गर्दै आएको जनाएको छ ।ग्रुपअन्तर्गत निर्माण सामग्री, फर्निचर, पाइप फिटिङ, हेल्मेट, पेय पदार्थलगायतका क्षेत्रमा १७ वटा उद्योग सञ्चालनमा रहेका छन् । आवास फर्निचर, लक्ष्मी स्टिल, ज्याकोर इन्डष्ट्रिज प्रालि, सन फिटिङ प्रालि, शुभलक्ष्मी पोलिमर, एभरेष्ट फुड र मयुर स्टिललगायतका उद्योगहरू ग्रुपअन्तर्गत सञ्चालनमा छन् । ग्रुपले उद्योग व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?