Butwal Today

नेपालमा बाढीपछि भारतद्वारा राहत सामग्रीसहित वायुसेनाको विमान परिचालन

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि भारतले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन भारतीय वायुसेनाको विमान परिचालन गरेको छ। भारतीय वायुसेनाको सी–१३० जे विमानमार्फत १० टन अत्यावश्यक राहत तथा स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाइएको भारतीय पक्षले जनाएको छ। थप राहत सामग्री पठाउन सी–१७ र सी–१३० विमानसमेत परिचालन गर्ने तयारी गरिएको छ।

यस्तै, बाढी प्रभावितको उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि हेलिकोप्टरहरूलाई समेत तयारी अवस्थामा राखिएको भारतीय सेनाले जनाएको छ। बाढी प्रभावित नागरिकलाई तत्काल राहत र सहयोग पुर्‍याउने उद्देश्यले हवाई तथा स्थलमार्गबाट उद्धार र राहत कार्य तीव्र बनाइने भारतीय पक्षले जनाएको छ। भारतीय सेनाका अनुसार आवश्यकताअनुसार राहत तथा उद्धार सामग्री शीघ्र प्रभावित क्षेत्रमा पुर्‍याउने व्यवस्था मिलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?