Butwal Today

बाढीपीडितको उद्धार र पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकबाट सहयोगको प्रतिबद्धता

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौं ।  नेपालका बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोग र समन्वय अघि बढाएका छन्। बाढीबाट भएको क्षतिको समाचार बाहिरिएलगत्तै बिहान १०ः३५ बजे अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका थिए।

दक्षिणी छिमेकी भारतले बाढीपीडितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची सरकारसँग माग गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। यस्तै, उत्तरी छिमेकी चीनले पनि तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अन्तर–सरकारी समन्वयमार्फत सहयोगको मोडालिटीबारे छलफल भइरहेको बताएका छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि प्रभावित क्षेत्रमा घरेलु तथा बाह्य सहयोग जुटाउने बाटो खुलेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?