Butwal Today

आज बुधबार राति देशका विभिन्न स्थानमा भारीसम्म वर्षा हुने सम्भावना

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार राति पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना छ।

यसैगरी कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोसी र मधेस प्रदेशका तराईका पनि थोरै स्थानमा आज राति मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।‍ कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज रातिका लागि मौसम चेतावनी नक्सा पनि जारी गरेको छ।

आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तलको नक्सामा सुन्तला रङ लगाइएका क्षेत्रका बासिन्दाले सतर्क रहनुहोला साथै पहेँलो रङ लगाइएका क्षेत्रका बासिन्दाले पछिल्लो मौसमसम्बन्धी जानकारीसँग अद्यावधिक रहनुहोला।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ। यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक(दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ मौसमविद्का अनुसार एक(दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो। अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ। यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?