Butwal Today

सीआईबीद्वारा वित्तीय तथा धितोपत्र कसुरमा चारजना पक्राउ

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वित्तीय कारोबार तथा धितोपत्र र बीमा ऐनविपरीतको कसुरमा चारजनालाई पक्राउ गरेको छ।

सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार पक्राउ परेकाहरूको यसअघि पक्राउ परेका व्यवसायी दीपक भट्टसँग कारोबार देखिएको छ। पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी ४१ वर्षीया सुनिता महर्जन, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन्।

एआईजी चतुर्वेदीका अनुसार पक्राउ परेकाविरुद्ध धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ दुवै आकर्षित हुने देखिएको छ। उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?