Butwal Today

सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । सगरमाथा आरोही सङ्घको अध्यक्षमा दिवस पोखरेल निर्वाचित भएका छ । सङ्घको केन्द्रीय कार्यालय तिलगङ्गामा आज सम्पन्न निर्वाचनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । पोखरेल सङ्घको विधान २०५७ ९संशोधन सहित २०५९० अनुसार अध्यक्ष निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत भूपेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

यस्तै, सङ्घको प्रथम उपाध्यक्षमा डिकी शेर्पा, द्वितीय उपाध्यक्षमा मदनकुमार चुडाल, महासचिवमा शिवबहादुर सापकोटा, सचिवमा छोकी शेर्पा, कोषाध्यक्षमा वाङ्दा शेर्पा तथा सदस्यमा लाक्पा याङ्जी शेर्पा र पासाङ ल्हामु शेर्पा निर्वाचित भएका छन ।

सङ्घले सगरमाथा आरोहीको हकहित र पर्वतारोहण क्षेत्रको प्रवद्र्धनमा लामो समयदेखि कार्य गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष पोखरेलले आगामी कार्यकालमा आरोहीहरूको सामाजिक सुरक्षा, वातावरणीय संरक्षण र पर्वतारोहण पर्यटनको विकासमा भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?