Butwal Today

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते

८ भाद्र २०८३, सोमबार
अ+
अ-

वालिङ । गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ ९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो ।

जिपमा सवार अन्य १७ जना घाईते भएका छन् । ती मध्ये २७ वर्षीया वसन्ती विश्वकर्मा तथा ४८ वर्षीया देवी विकको अवस्था गम्भीर छ । उनीहरुलाई पाल्पास्थित युनाईटेड मिशन अस्पताल पठाइएको छ । सामान्य घाइते भएका पाँच जना घर फर्केका छन् । अन्यको गल्याङ नगर अस्पतालमा उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?