Butwal Today

सेयर बजार १९ अंकले घट्यो

८ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २६ सय अंकभन्दा तल झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९ अंकमा कायम भएको हो ।

यसअघि आइतबार नेप्से १०.६७ अंकले घटेको थियो । सोमबार कारोबार रकममा पनि कमी आएको छ । आइतबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ ।

आज ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

सोमबार सबै समूहगत सूचक घटेका छन् । जलविद्युत् समूह सबैभन्दा धेरै १.१९ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको सूचक १.१२ प्रतिशतले घटेको छ । अन्य समूहगत सूचकको गिरावट भने १ प्रतिशतभन्दा कम रहेको छ ।

बैंकिङ समूह ०.६७ प्रतिशत, विकास बैंक ०.४७ प्रतिशत, वित्त ०.८० प्रतिशत, होटल तथा पर्यटन ०.०१ प्रतिशत, लगानी ०.४१ प्रतिशत, जीवन बीमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४६ प्रतिशत, लघुवित्त ०.५३ प्रतिशत, अन्य ०.७८ प्रतिशत र व्यापार समूह ०.५० प्रतिशतले घटेका छन् ।

समूहगत कारोबारतर्फ हाइड्रोपावर समूहमा सबैभन्दा धेरै कारोबार भएको छ । उक्त समूहमा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । वाणिज्य बैंक समूहमा ३० करोड तथा उत्पादन तथा प्रशोधन समूहमा ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, धौलागिरि लघुवित्तको ११.९८ प्रतिशत, सीवाईसी लघुवित्तको ९.१४ प्रतिशत, सयपत्री हाइड्रोपावरको ६.२७ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ३।३३ प्रतिशत र खानीखोला हाइड्रोपावरको ३।३३ प्रतिशतले मूल्य बढेको छ ।

यता, पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ९.८३ प्रतिशत, विन नेपाल लघुवित्तको ८.६७ प्रतिशत र माउन्ट एभरेस्ट पावरको ७.७६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सेल डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर शीर्ष कारोबार भएका कम्पनीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?