Butwal Today

प्रधानमन्त्री शाह पोखरामा

५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

गण्डकी ।  प्रधानमन्त्री वालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज अपराह्न पोखरा आइपुगेका छन् । उनी माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बस्नेछन् ।

प्रधानमन्त्री शाह अस्ताम आइपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

“प्रधानमन्त्री नितान्त पारिवारिक भ्रमणमा आउनुभएको हो । उहाँको भ्रमणलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ”, उनले भने, “प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम छैन ।”

स्थानीयवासी शोभाखर अधिकारीले प्रधानमन्त्रीको भ्रमणले अस्तामवासी खुसी भएको प्रतिक्रिया दिए । “अस्ताममा सडक, खानेपानीको समस्या छ । प्रधानमन्त्री नै यहाँ आउनुभएपछि गाउँलेका समस्या सम्बोधन हुने आशा छ”, उनले भने ।

प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अस्तामका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताए ।

प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौँदेखि सडक मार्ग हुँदै पोखरा आएका हुन् । उनी शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?