Butwal Today

डेपुटी गभर्नर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच राष्ट्र बैंकका गभर्नर प्रा। डा। विश्वनाथ पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका थिए । उनले आजै पदभारसमेत ग्रहण गरेका छन् । गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।

डेपुटी गभर्नर रावल विसं २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गरेका थिए । उनी विसं २०६९ मा उपनिर्देशक, विसं २०७५ मा निर्देशक हुँदै विसं २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए ।

पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?