Butwal Today

साउनमा एलपी ग्यास आयात र बिक्री दुवै बढ्यो

३ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौं । नेपालमा साउन महिनामा पछिल्लो पाँच महिनाकै सबैभन्दा धेरै एलपी ग्यास आयात भएको छ। नेपाल आयल निगमका अनुसार साउनमा ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यास आयात भएको हो। निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको थियो।

साउनमा देशभर ४० लाख ३६ हजार ३६४ थान सिलिन्डर बिक्री–वितरण भएको निगमले जनाएको छ। असारको तुलनामा साउनमा करिब ९ लाख सिलिन्डर बढी बिक्री भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?