© 2026
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो।
राष्ट्र बैंकको उक्त पद गत चैतदेखि रिक्त थियो। लामो समयसम्म डेपुटी गभर्नर पद रिक्त रहँदा केन्द्रीय बैंकको आन्तरिक कार्यसम्पादन तथा नीतिगत निर्णय प्रक्रियामा समेत असर परेको थियो। रावलको नियुक्तिसँगै राष्ट्र बैंकको डेपुटी गभर्नर पदको रिक्तता अन्त्य भएको छ।