Butwal Today

कांग्रेसले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लियो

३ भाद्र २०८३, बुधबार
अ+
अ-

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठक जारी रहे पनि कांग्रेस विपक्षी बेन्चमा बस्ने गरी पत्र पठाइएको प्रदेशसभा सचिव सुदर्शन खड्काले बताए । कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन आग्रह गरे पनि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?