© 2026
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार रातिका लागि चेतावनी नक्सा जारी गरेको छ। जसमा कोसी र लुम्बिनी प्रदेशका पहाडी भूभाग, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहेँलो रङ लगाइएको छ।
महाशाखाले भनेको छ,ुपहेँलो क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी जानकारी लिँदै आफ्ना दैनिक गतिविधि गर्नुहोला।ु मौसम महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। यस्तै मधेस प्रदेश तथा कोसी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान, तथा सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
आज राति कोसी र लुम्बिनी प्रदेशको पहाडी भू(भाग, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।