© 2026
काठमान्डौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सन् १९५० देखि नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ । सेठको भ्रमणसँगै उक्त परम्पराले निरन्तरता पाएको हो ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेठ तीनदिने औपचारिक भ्रमणका क्रममा काठमान्डौँमा छन् ।