© 2026
चन्द्रौटा । कपिलवस्तुको कृष्णनगरमा प्रहरीले जुवाको खालबाट १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरबाट झन्डै ५ लाख रुपैयाँ नगदसहित तास र मोबाइल बरामद गरेको हो । कृष्णनगर नगरपालिका(३ झण्डेनगरस्थित एक घरको कोठाभित्र जुवातास खेलिरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले छापा मारेको थियो । सो क्रममा १५ जनालाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट ४ लाख ७५ हजार रुपैयाँ नगद, ३ बुङ तास र विभिन्न कम्पनीका १४ थान मोबाइल बरामद गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीका ९ जना, कपिलवस्तुका ४ जना र दाङका २ जना रहेका छन् । पक्राउ परेका सबैलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा बुझाइएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरका अनुसार पक्राउ पर्नेमा रुपन्देही गैडहवा गाउँपालिका(३ का प्रभुनाथ पासी, अब्दुल रहिम र श्रीराम यादव, गैडहवा–८ का जगन्नाथ लोध तथा सुद्धोधन गाउँपालिका(१ का सुरेन्द्र मन्लाह, रामेश्वर थारु र रामु सहानी रहेका छन् । त्यस्तै सुद्धोधन गाउँपालिका(४ का सागर काफ्ले र अशोककुमार घिमिरे पनि पक्राउ परेका छन् ।
कपिलवस्तुका कृष्णनगर नगरपालिका(३ का विनोद एला र लक्ष्मीप्रसाद जैसवाल, कपिलवस्तु नगरपालिका(७ का लवकुश गिरी तथा लुम्बिनी सांस्कृतिक नगरपालिका(११ का अस्लम मुसलमान पक्राउ परेका छन् । दाङको लमही नगरपालिका(५ का राजु भन्ने हेमराज ज्ञवाली र विमल डाँगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।