Butwal Today

कपिलवस्तुका ४ स्थानीय तहले दिए सार्वजनिक बिदा

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

चन्द्रौटा। कपिलवस्तुका चार स्थानीय तहले नाग पञ्चमीका अवसरमा भदौ १ गते सोमबार स्थानीय सार्वजनिक बिदा दिएका छन् । शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिका र कृष्णनगर नगरपालिकाले सूचना जारी गर्दै उक्त दिन नगरपालिका मातहतका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्थामा स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

चारवटै स्थानीय तहले हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नाग पञ्चमीको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । स्थानीयवासीले भने स्थानीय बिदाले पर्व मनाउन सहज हुने बताएका छन् । उनीहरूका अनुसार सार्वजनिक बिदा हुँदा परिवार तथा आफन्तसँगै बसेर धार्मिक तथा साँस्कृतिक परम्परा निर्वाह गर्न सहज हुनेसाथै स्थानीय मठमन्दिरमा हुने पूजाआजामा सहभागी हुन समेत अवसर मिल्नेछ ।

शिवराज नगरपालिकाका स्थानीय सुरेन्द्र प्रसाद चौधरीले पर्वको दिन स्थानीय बिदा हुँदा आफ्नो संस्कृति र परम्पराअनुसार पूजा तथा धार्मिक गतिविधिमा सहभागी हुन सहज बताए । यसले स्थानीय चाडपर्वको संरक्षण र पुस्तान्तरणमा समेत सहयोग पुग्छ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?