Butwal Today

पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न शंकर पोखरेलको माग

२७ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले समाचारको स्रोत वा विषयवस्तुमा असहमति भए त्यसको खण्डन गर्ने, प्रेस काउन्सिलमा जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहेको बताएका छन्।

समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु पूर्ण रूपमा गैरकानुनी र प्रेस स्वतन्त्रताविरोधी कदम भएको उनको भनाइ छ। पोखरेलले श्रेष्ठ निडर र साहसिक पत्रकारिताका लागि चिनिने अग्रज पत्रकार भएको उल्लेख गर्दै यस्ता पत्रकारको आवाज दबाइए धेरै सत्य र रहस्य सधैँका लागि हराउने जोखिम रहने बताएका छन्।

उनले श्रेष्ठमाथिको गिरफ्तारीलाई गैरन्यायिक तथा प्रतिशोधपूर्ण कदम भन्दै विरोध गरेका छन्। साथै, श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?