© 2026
काठमाडौं । पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो।
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएको थियो।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्।