© 2026
काठमाडौँ । प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका विषयमा नेकपा एमाले र नेकपाबीच सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनबुँदे सहमति कार्यान्वयनका लागि मंगलबार पाँचबुँदे निर्देशन जारी गरेका छन्।
निर्देशनअनुसार प्रदेश सरकार गठन गर्दा प्रदेशसभामा दलहरूको सिट संख्या मुख्य आधार हुनेछ। मन्त्रालय बाँडफाँट पनि प्रदेशसभा सदस्य संख्याको अनुपातमा गरिनेछ।
मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत समग्र शक्ति सन्तुलनमा गणना गरिनेछ। मन्त्रालय छनोटमा भने पालैपालो प्राथमिकता दिइने व्यवस्था गरिएको छ। सुरुमा मुख्यमन्त्री नलिने दलले एउटा मन्त्रालय छनोट गर्ने र त्यसपछि मुख्यमन्त्री रहने दलले अर्को मन्त्रालय छनोट गर्ने क्रम दोहोर्याइनेछ।
एमाले र नेकपाको सहकार्यबाट मात्र आवश्यक संख्या नपुगेमा तेस्रो दललाई समेत सरकारमा सहभागी गराएर आपसी समझदारीमा मन्त्रालय बाँडफाँट गरिने निर्देशनमा उल्लेख छ।