Butwal Today

सरकार भन्छ– ‘ग्यास पर्याप्त छ’, नागरिक भने बिहान ४ बजेदेखि सिलिन्डर बोकेर लाइन

२५ श्रावण २०८३, सोमबार
अ+
अ-

तुलसीपुर। सरकारले बजारमा खाना पकाउने ग्यास पर्याप्त रहेको दाबी गरिरहेका बेला दाङको तुलसीपुरमा भने उपभोक्ता ग्यासका लागि घण्टौँ लाइन बस्न बाध्य भएका छन्। तुलसीपुरका स्थानीयवासी बिहानैदेखि सिलिन्डर बोकेर ग्यासको प्रतीक्षामा सडकमा लामबद्ध हुने गरेका छन्। कतिपय उपभोक्ता ग्यास पाउने आशामा बिहान ४ बजेदेखि नै लाइनमा बस्नुपर्ने अवस्था रहेको बताउँछन्।

ग्यासका लागि लामो समय कुर्नुपर्दा सर्वसाधारणको दैनिक कामकाजसमेत प्रभावित भएको छ। घण्टौँसम्म सिलिन्डर बोकेर लाइनमा बस्नुपर्ने बाध्यताले उपभोक्ताले सास्ती व्यहोर्नुपरेको उनीहरूको गुनासो छ। तुलसीपुरका सडकमा सिलिन्डर बोकेर ग्यासको प्रतीक्षामा बसेका नागरिकका दृश्यले सरकारको ‘ग्यास पर्याप्त छ’ भन्ने दाबी र बजारमा उपभोक्ताले भोगिरहेको अवस्थाबीचको फरक देखाएको छ।

स्थानीयवासीले सहज र नियमित रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?