Butwal Today

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

बैतडी । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवा प्रभावकारी बन्दै गएको छ ।

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरूका घरमै सेवा प्रदान गरिएको छ । उनले भने, “बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौँ ।”

जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ । नौ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उनले बताए । दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयले नै सेवा प्रवाह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?