© 2026
काठमान्डौँ ।
प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा शुक्रबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बैठकमा उठेर विरोध गरेका थिए ।
गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा भारतले नेपालको भूमि मिचेको आशयको जवाफ दिएपछि विपक्षी दलका सांसदहरूले निरन्तर बैठकमा उठेर विरोध गर्दै आएका छन् ।
तर, प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिबारे अहिलेसम्म स्पष्टीकरण दिएका छैनन् । त्यस्तै, सभामुख अर्यालले पनि उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छैनन् ।