Butwal Today

तुलसीपुरमा सडक दुर्घटना हुँदा एकको मृत्यु 

२१ श्रावण २०८३, बिहीबार
अ+
अ-

दाङ ।  दाङको तुलसीपुरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुरको मदन आश्रित चोक र गुम्राह चोकको बिचमा भएको सवारी दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–११ निवासी कल्पना केसीको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार बजारबाट दक्षिणतर्फ जाँदै गरेको स्कुटरलाई गुम्राह चोकबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करपछि सडकमा लडेकी केसीलाई सोही दिशातर्फ गइरहेको  टिप्परले कुल्चिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

गम्भीर घाइते भएकी केसीलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक पनि घाइते भएका छन् उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। टिप्पर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?