Butwal Today

दाङमा चार दिनमा ५५ नाल अवैध भरुवा बन्दुक बरामद

२० श्रावण २०८३, बुधबार
अ+
अ-

दाङ । 

दाङ‌मा प्रहरीले चार दिनको अवधिमा ५५ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ५५ नाल अवैध भरुवा बन्दुक बरामद गरेको जनाएको हो ।

विशेष सूचनाका आधारमा साउन १६ देखि १९ गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको अपरेसनका क्रममा बंगलाचुली, बबई र लमही क्षेत्रका सामुदायिक वन तथा जङ्गलमा लुकाई छिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक ‌एक्क बहादुर नेपालीले जानकारी दिएका छन् ।

बरामद गरिएका अवैध हातहतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने उनले बताए । उनले जिल्लामा अवैध हातहतियार नियन्त्रण तथा शान्ति–सुरक्षा सुदृढ बनाउन यस्ता विशेष अपरेसनलाई निरन्तरता दिइने जानकारी दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?