© 2026
काठमान्डौँ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट पार्टी नीति र विचारप्रधान हुने भएकाले नेताहरूको चाकडी नगर्न आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट पार्टीमा व्यक्ति होइन, नीति र विचारलाई प्राथमिकता दिनुपर्ने बताए ।
‘कम्युनिस्ट पार्टी नीति प्रधान र विचार प्रधान पार्टी हो । त्यसैले नेताहरूको कसैले पनि चाकडी नगर्नोस् । यो सबै पार्टीलाई भनेको हो,’ उनले भने ।
उनले कम्युनिस्ट पार्टी स्थापना भएको ७७ वर्ष पूरा भएको सन्दर्भमा विभिन्न कालखण्डमा भएका कमजोरीहरूको गम्भीर समीक्षा गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।