Butwal Today

सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु खुकुलो

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

सिरहाको जिल्ला प्रशासन कार्यालयले गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यु खुकुलो बनाएको छ । आइतबार जारी गरिएको सूचनाअनुसार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार स्थानीय परिस्थितिको थप विश्लेषणपछि कर्फ्युलाई थप खुकुलो बनाउने वा पूर्ण रूपमा हटाउने विषयमा पुनः सूचना जारी गरिनेछ ।

यस्तै, गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनको आवागमनमा आवश्यक सहजीकरण गरिने जनाइएको छ । कर्फ्यु खुकुलो पारिएको अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला नहुन पनि प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?