Butwal Today

शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ: संयोजक दाहाल

२ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौँ ।  पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्व मन्त्री डा देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

“नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारका पक्षमा उहाँले पुर्‍याउनुभएको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ”, उनले भने ।

संयोजक दाहालले शोकसन्तप्त परिवारजन, आफन्त तथा उहाँप्रति सम्मान र स्नेह राख्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गरेका छन

डा पाण्डेको शुक्रबार साँझ काठमाडौँको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो । उहाँलाई शुक्रबार नै पाटन अस्पतालबाट निवास ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?