Butwal Today

बिना तयारी सुकुम्वासी बस्ती हटाउँदा ९ जनाले ज्यान गुमाए : गीता गुरुङ

३१ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिपक्षी सांसद गीता गुरुङले सरकारले पर्याप्त तयारीबिनै सुकुम्वासी बस्तीमा डोजर चलाउँदा नौ जना नागरिकले ज्यान गुमाउनुपरेको आरोप लगाएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको अव्यवहारिक नीतिका कारण विकराल अवस्था सिर्जना भएको र सुकुम्वासी समुदाय थप सङ्कटमा परेको बताइन् ।

गुरुङका अनुसार राज्यको गलत नीतिका कारण ज्यान गुमाउनेमा १८ वर्षीय रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी र १८ महिनाका उज्ज्वल तामाङ रहेका छन् ।

यी मृत्युका घटनालाई सामान्य रूपमा लिन नसकिने भन्दै सांसद गुरुङले यसलाई राज्य संयन्त्रबाट भएको संस्थागत हत्या को संज्ञा दिइन् ।

उनले सुकुमबासीको समस्या समाधानका लागि सरकारले दीर्घकालीन र व्यवहारिक नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउँदै पर्याप्त तयारीबिना गरिने डोजर अभियानले नागरिकको जीवन र जीविकामाथि गम्भीर असर परेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?