Butwal Today

भानु जयन्ती विविध कार्यक्रमसहित मनाइँदै

२८ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय १३औँ जन्म जयन्ती सोमबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ ।

जयन्तीका अवसरमा भानु प्रतिष्ठान, काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानबाट नगरपरिक्रमा, रथारोहण, प्रभात फेरि र श्रद्धाञ्जली कार्यक्रम गर्दै छ । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललगायत विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ ।

यस्तै नेपाली शिक्षा परिषद्को आयोजनामा र भानु माध्यमिक विद्यालयको सह आयोजनामा सोमबार बिहान रानीपोखरी अगाडिको भानु प्रतिमामा माल्यार्पण गरिनेछ भने दिउँसो लेखनाथ साहित्य सदनमा कवि भूवनहरि सिग्देललाई पुरस्कृत गरिँदै छ ।

भानु जयन्तीकै अवसरमा आज भीमसेनगोलास्थित मोडर्न कन्या स्कुलले साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?