Butwal Today

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न

२५ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक आज सम्पन्न भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले ‘चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गरेको छ ।

बैठकमा आयोगका नवनियुक्त उपाध्यक्ष डा। देवेन्द्र खत्रीले कार्यविधि स्वीकृतिसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सह अध्यक्षका रूपमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?