Butwal Today

राष्ट्रिय सभामा आज बजेटमाथिका प्रश्नमा ९ मन्त्रीले जवाफ दिँदै

२२ असार २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय सभाको बैठक आज दिउँसो १२ : १५ बजे बस्दैछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित ९ जना मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि उठेका प्रश्नको पनि आजै जवाफ प्रस्तुत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?