© 2026
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एसियाली विकास बैङ्क (एडिबी) का अध्यक्ष मासातो कान्डाबीच सहकार्यका विविध क्षेत्र र बैङ्कले उपलब्ध गराइरहेको सहयोगलगायतका विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डा वाग्लेले नेपालको विकासका लागि बैङ्कका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद दिए । उनले आगामी दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गरेका थिए ।
अर्थमन्त्री डा वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि बैङ्कको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।