© 2026
काठमाडौँ । नेपाली काँग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने अवधि आगामी साउन ३ गतेसम्म थप गरेको छ ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिए ।
‘काँग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ,’ सहमहामन्त्री चौधरीले बताए ।
यसअघि काँग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय असार २० गतेसम्म तोकेको थियो । साथै, अनलाइनमार्फत पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
नेपाली काँग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना गर्ने कार्य तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।