Butwal Today

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

१६ असार २०८३, मंगलवार
अ+
अ-

विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए ।

कोशी प्रदेशसभाको नवौँ अधिवेशनको १६ औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको सचिव खड्काले बताए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठकका लागि आगामी असार १८ गते दिउँसो १ः०० बजे बस्ने समय निर्धारण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?