© 2026
काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले उक्त निवेदनमाथि सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।
विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरिएको हो ।
पदमा रहँदा गैरकानूनी लाभ लिएको तथा अपराधबाट आर्जित सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत साता पौडेललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।