Butwal Today

लुम्बिनीमा देउवा समूहको भेला

१६ असार २०८३, मंगलवार
अ+
अ-

लमही ।

विशेष महाधिवेशनभन्दा बाहिर रहेका नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मङ्गलवार लुम्बिनीमा प्रदेशस्तरीय भेला आयोजना गरेको छ ।

पार्टीमा बृहत एकता कायम गर्ने, विशेष महाधिवेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने ३ उद्देश्यसहित देउवा समूहले ७ प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार यसअघि ६ प्रदेशमा भेला गरिसकेको समूहले मङ्गलवार अन्तिम प्रदेश भेला  दाङको लमहीमा सुरु भएको छ ।

देउवा समूहका नेता मीन विश्वकर्माले आफूहरूले सातै प्रदेशमा तय गरेका भेलाको अन्तिम भेला मङ्गलवार लमहीमा गर्न लागिएको जानकारी दिए । भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेता कार्यकर्ता सहभागी भएको विश्वकर्माले बताए । देउवा अहिले विदेशमा रहेकाले समूहको नेतृत्व नेता पूर्णबहादुर खड्काले गर्दै आएका छन् । कार्यक्रममा सहभागीले  हाल गगन थापाको नेतृत्वको तीव्र आलोचना  गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?