Butwal Today

काँशी नोबल एकेडेमीको उत्कृष्ट नतिजा, नगर प्रथम विद्यार्थी सम्मानित

१३ असार २०८३, शनिबार
अ+
अ-

सिद्धार्थनगर ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित काँशी नोबल एकेडेमीले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सिद्धार्थनगर नगरपालिकामा प्रथम स्थान कायम गरेको छ । विद्यालयका विद्यार्थी सुकृत घिमिरेले व्यवस्थापन संकायतर्फ ३.७८ जीपीए ल्याई नगर प्रथम बन्न सफल भएका छन् ।

विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेका अनुसार, यस वर्ष कक्षा १२ परीक्षामा सहभागी भएका ५८ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् । तीमध्ये व्यवस्थापन संकायतर्फ विद्यार्थी सुकृत घिमिरेले ३.७८ जीपीए प्राप्त गर्दै नगरमा प्रथम स्थान हासिल गरेका छन् ।

प्राचार्य घिमिरेले विद्यालयले विगतदेखि नै नगर तथा जिल्ला स्तरमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए ।

नगर प्रथम विद्यार्थी सुकृत घिमिरेले आफ्नो सफलताको श्रेय निरन्तर मेहनत, अभिभावकको साथ र विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षालाई दिएका छन् । कक्षा २ देखि १२ सम्म यही विद्यालयमा अध्ययन गरेका उनले व्यवस्थापन विषयप्रतिको रुचिका कारण प्लस टु अध्ययनका लागि पनि यही विद्यालय रोजेको बताए ।

उनले आफ्नो सफलतामा योगदान पु¥याउने विद्यालय, शिक्षक, अभिभावक तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?