© 2026
चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि दोस्रो चरणको मतदान भएको थियो ।
मतदान सम्पन्न भएपछि मतगणना गरी नतिजा सार्वजनिक गरिने र त्यसलगत्तै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण गराइने रास्वपाले जनाएको छ ।
महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज शुक्रबार साँझ ६:३० बजे महाधिवेशनस्थलको हलमै हुनेछ ।
आयोजक समितिले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ ।
आइतबार उद्घाटन भएको महाधिवेशन तीन दिनभित्र सम्पन्न गर्ने तयारी भए पनि विभिन्न कारणले लम्बिँदै ६ दिन पुगेको हो ।