© 2026
चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ हुने भएको छ ।
महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज साँझ ६:३० बजे महाधिवेशनस्थलको हलमा आयोजना गरिनेछ ।
आयोजक समितिले शपथग्रहण कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि सुरु भएको थियो । पदाधिकारी तथा केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएसँगै आज उनीहरूको शपथग्रहण हुन लागेको हो ।