Butwal Today

महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछः सञ्चारमन्त्री डा तिमिल्सिना

११ असार २०८३, बिहीबार
अ+
अ-
चितवन ।  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले महाधिवेशनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताएका छन् ।
पार्टीको पहिलो महाधिवेशनमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले महाधिवेशनपछि पार्टी थप बलियो र जिम्मेवार ढङ्गले अघि बढ्ने बताए ।
‘‘रास्वपाभित्र गुट–उपगुट नभएकाले एकीकृत भएर जानुको विकल्प छैन ।  महाधिवेशन प्रतिनिधिले दिएको निर्णयलाई आत्मसात गरी रास्वपालाई राम्रो बनाउने हाम्रो जिम्मेवारी हो”, उनले भने, “पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन ।”
राजनीतिक पार्टी जीवनमा महाधिवेशनको ठूलो अर्थ रहने बताउँदै मन्त्री तिमिल्सिनाले महाधिवेशनले पार्टीलाई थप बलियो र एकीकृत बनाएर लैजाने धारणा व्यक्त गरे । उनले भने, “पार्टीको तल्लो तहमा रही देशका कुना कुनाबाट आएका साथीहरुले रास्वपाको गति र भावना बोक्नेलाई  विवेक पुर्‍याएर मतदान गरिराख्नुभएको छ । यही हो पार्टी जीवनको लोकतन्त्र ।”
मन्त्री डा तिमिल्सिनाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल रास्वपालाई आमनागरिकको अपेक्षा अनुरुप अगाडि बढाउने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?