© 2026
काठमान्डौँ ।
प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् ।
सिंहदरबारस्थित संसद् भवनमा शुक्रबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गरेलगत्तै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन् ।
विपक्षी सांसदहरूको विरोधपछि सभामुखले उनीहरूको धारणा राख्न समय दिएका छन् । त्यसक्रममा नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले विपक्षी दलको तर्फबाट आफ्नो विरोधबारे धारणा राखिरहेका छन् ।