© 2026
बुटवल । सडक डिभिजन बुटवलले आफूमातहतका १४ वटा निर्माण आयोजनाको काम समयमै नसक्ने निर्माण व्यवस्थापनहरूलाई अन्तिम ताकेता गरेको छ।
कार्यालयले २०८३ साल असार ४ गते बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण कम्पनीहरूलाई ७ दिनभित्र कार्यस्थलमा स्रोतसाधनसहित परिचालन हुन र लिखित स्पष्टीकरण तथा कार्ययोजना पेस गर्न निर्देशन दिएको हो।
सूचनाअनुसार निर्माण कम्पनीहरूले तोकिएको म्यादभित्र कामको प्रगति पेस गर्न नसकेको, पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत निर्माण कार्य सम्पन्न गर्ने मनसाय नदेखाएको कार्यालयको ठहर छ।
सूचनामा भनिएको छ-“तत्काल कार्य सम्पन्न गर्ने गरी साइटमा परिचालन नभएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभएमा वा कार्यतालिका तथा कार्ययोजना विश्वसनीय नदेखिएमा ठेक्का सम्झौता र प्रचलित कानूनबमोजिम ठेक्का अन्त्य गर्ने प्रक्रिया अगाडि बढाइनेछ।”