Butwal Today

पुँजीगत लाभकर अन्तिम कर हुने, गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-
काठमाडौँ ।  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितो पत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गरेका छन् ।
आव २०८३र८४ को बजेटमार्फत सरकारले शेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर प्रणालीमा थप सहजता दिने नीति अघि सारेको हो ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले गैर आवासीय नेपालीलाई धितो पत्रको दोस्रो बजारमा सहभागी गराउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्था परिमार्जन गरिने जानकारी दिए ।
अर्थमन्त्री वाग्लेले विदेशी लगानी स्वीकृति, लगानीको रेखाङ्कन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गरिने बताए ।
लामो समयदेखि शेयर लगानीकर्ताहरूले माग गर्दै आएको पुँजीगत लाभकरको विषयलाई सरकारले बजेटमार्फत सम्बोधन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?