© 2026
वीरगन्ज (पर्सा) । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ ।
गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै रु २५ अर्ब ५३ करोड अर्थात् १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । जबकि गत आवको १० महिनामा भने रु एक खर्ब ५६ अर्ब १७ करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा पेट्रोलियम पदार्थहरूको आयातबाट रु ६७ अर्ब १९ करोड राजस्व सङ्कलन गरेको बताए । चालु आवको १० महिनामा रु एक खर्ब ५७ करोड मूल्य पर्ने आठ लाख ९५ हजार दुई सय ४६ किलोमिटर डिजेल आयात भएको छ । जबकि गत आवको १० महिनामा भने रु ७९ करोड ५७ करोड मूल्य पर्ने नौ लाख ८५७ किलोमिटर डिजेल आयात भएको थियो ।
रु ३५ अर्ब ७९ करोड मूल्य पर्ने तीन लाख ९० हजार ६१५ किलोमिटर पेट्रोल आयात भएको छ । गत आवको १० महिनामा भने रु ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोमिटर पेट्रोल आयात भएको थियो ।
चालु आवको १० महिनामा रु २५ अर्ब ५४ करोड मूल्य पर्ने २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकि गत आवका १० महिनामा भने रु ३० अर्ब २८ करोड मूल्य पर्ने २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको छ ।