Butwal Today

युवालाई साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता अभिमुखिकरण

१३ जेष्ठ २०८३, बुधबार
अ+
अ-

बुटवल । प्रदेश युवा परिषद् विकास समितिको आयोजनामा बुधबार बुटवलमा “साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता” सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा युवाहरुलाई सूचना प्रविधिको सही सदुपयोग, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत डाटाको सुरक्षा तथा जिम्मेवार डिजिटल व्यवहारबारे जानकारी गराइएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा आर्यालले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको बताइन्। उनले डिजिटल माध्यमले अवसरसँगै चुनौती पनि थपेकाले युवालाई समयमै सचेत र दक्ष बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखिन्। उनले सरकार, विद्यालय, सञ्चार माध्यम तथा विभिन्न संघसंस्थाहरूले साइबर सुरक्षाबारे जनचेतना फैलाउन प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सुरक्षित डिजिटल समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताइन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेले पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोग तीव्र रूपमा बढेसँगै गलत सूचना, अफवाह र साइबर अपराधका घटना पनि बढ्दै गएको बताए। उनले सत्य सूचना पहिचान गर्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे। स्काउट लुम्बिनीका आयुक्त दिननाथ भट्टराईले युवाहरूलाई अनुशासित र जिम्मेवार डिजिटल नागरिक बनाउन यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने धारणा राखे। उनले प्रविधिको सकारात्मक उपयोगमार्फत समाज परिवर्तन सम्भव रहेको बताए।

सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका इन्जिनियर तथा प्रशिक्षक कुमार गुरुङले साइबर आक्रमणबाट कसरी सुरक्षित रहने, डिजिटल साक्षरताको महत्व, सुरक्षित अनलाइन आचरण तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे प्रशिक्षण दिएका थिए। उनका अनुसार नेपालमा हाल करिब ३१ प्रतिशत नागरिक डिजिटल साक्षरतामा आबद्ध रहेका छन् भने इन्टरनेट प्रयोगकर्ताको संख्या १४.४ मिलियन पुगेको छ। साथै साइबर उजुरीको संख्या १८ हजार ९ सय २६ पुगेको जानकारी दिइएको थियो।

ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवनस्तवले पछिल्लो समय साइबर सुरक्षा जोखिम तीव्र रूपमा बढिरहेको बताए। उनले अनलाइन ठगी, सामाजिक सञ्जाल दुरुपयोग तथा विभिन्न डिजिटल अपराधका घटनाप्रति सचेत रहन आग्रह गरे।उनले साइबर सुरक्षाका लागि बलियो पासवर्ड प्रयोग गर्ने, अपरिचित लिंक वा फाइल नखोल्ने, सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी कम साझा गर्ने, फेक न्यूज तथा अफवाह पहिचान गर्ने र डिजिटल माध्यमको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषद्का कार्यकारी सदस्य राधा बस्नेतले आजको विश्व डिजिटल युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै डिजिटल साक्षरताले प्रविधि चलाउन मात्र नभई जिम्मेवार डिजिटल नागरिक बन्न पनि प्रेरित गर्ने बताइन्। उनले मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल, अनलाइन बैंकिङ, डिजिटल शिक्षा तथा कृत्रिम बुद्धिमत्ता जस्ता प्रविधिले जीवन सहज बनाएको भए पनि साइबर अपराध, डेटा चोरी, अनलाइन ठगी, फेक समाचार तथा साइबर बुलिङ जस्ता चुनौतीहरू पनि बढ्दै गएको धारणा राखिन्। युवालाई साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता अभिमुखिकरण

प्रदेश युवा परिषद् विकास समितिको आयोजनामा बुधबार बुटवलमा “साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता” सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा युवाहरुलाई सूचना प्रविधिको सही सदुपयोग, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत डाटाको सुरक्षा तथा जिम्मेवार डिजिटल व्यवहारबारे जानकारी गराइएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा आर्यालले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको बताइन्। उनले डिजिटल माध्यमले अवसरसँगै चुनौती पनि थपेकाले युवालाई समयमै सचेत र दक्ष बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखिन्। उनले सरकार, विद्यालय, सञ्चार माध्यम तथा विभिन्न संघसंस्थाहरूले साइबर सुरक्षाबारे जनचेतना फैलाउन प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सुरक्षित डिजिटल समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताइन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेले पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोग तीव्र रूपमा बढेसँगै गलत सूचना, अफवाह र साइबर अपराधका घटना पनि बढ्दै गएको बताए। उनले सत्य सूचना पहिचान गर्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे। स्काउट लुम्बिनीका आयुक्त दिननाथ भट्टराईले युवाहरूलाई अनुशासित र जिम्मेवार डिजिटल नागरिक बनाउन यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने धारणा राखे। उनले प्रविधिको सकारात्मक उपयोगमार्फत समाज परिवर्तन सम्भव रहेको बताए।

सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका इन्जिनियर तथा प्रशिक्षक कुमार गुरुङले साइबर आक्रमणबाट कसरी सुरक्षित रहने, डिजिटल साक्षरताको महत्व, सुरक्षित अनलाइन आचरण तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे प्रशिक्षण दिएका थिए। उनका अनुसार नेपालमा हाल करिब ३१ प्रतिशत नागरिक डिजिटल साक्षरतामा आबद्ध रहेका छन् भने इन्टरनेट प्रयोगकर्ताको संख्या १४.४ मिलियन पुगेको छ। साथै साइबर उजुरीको संख्या १८ हजार ९ सय २६ पुगेको जानकारी दिइएको थियो।

ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवनस्तवले पछिल्लो समय साइबर सुरक्षा जोखिम तीव्र रूपमा बढिरहेको बताए। उनले अनलाइन ठगी, सामाजिक सञ्जाल दुरुपयोग तथा विभिन्न डिजिटल अपराधका घटनाप्रति सचेत रहन आग्रह गरे।उनले साइबर सुरक्षाका लागि बलियो पासवर्ड प्रयोग गर्ने, अपरिचित लिंक वा फाइल नखोल्ने, सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी कम साझा गर्ने, फेक न्यूज तथा अफवाह पहिचान गर्ने र डिजिटल माध्यमको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषद्का कार्यकारी सदस्य राधा बस्नेतले आजको विश्व डिजिटल युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै डिजिटल साक्षरताले प्रविधि चलाउन मात्र नभई जिम्मेवार डिजिटल नागरिक बन्न पनि प्रेरित गर्ने बताइन्। उनले मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल, अनलाइन बैंकिङ, डिजिटल शिक्षा तथा कृत्रिम बुद्धिमत्ता जस्ता प्रविधिले जीवन सहज बनाएको भए पनि साइबर अपराध, डेटा चोरी, अनलाइन ठगी, फेक समाचार तथा साइबर बुलिङ जस्ता चुनौतीहरू पनि बढ्दै गएको धारणा राखिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?