© 2026
दोहा (कतार) । कतारमा स्थापित सामाजिक संस्था प्युठान सेवा समाज कतारले “सम्मान तथा बिदाइ” कार्यक्रम सम्पन्न गरेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा २०१० मा कतार आएका प्युठान जिल्ला नौ बहिनी गाउँपालिका वडा न. १ का गुमानं सिहं बिक कतार बसाइँलाई बिट मार्दै मातृंभुमी फर्कन लागेको अवसरमा बिकलाई समाजले “सम्मान तथा बिदाइ गरेको” हो ।
विगत लामो समयदेखि संस्थाका आबद्ध रहेर विभिन्न जिम्मेवारीपूर्ण पदमा रही आर्थिक, नैतिक तथा भौतिक रूपमा संस्थाको सामाजिक कार्यमा अग्रसर रहेर काम गर्दै आएका र संस्थामा पुर्याएको योगदानको कदर गर्दै समाजले एक कार्यक्रमका बिच बिकलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको थियो ।
सम्मानपछि मन्तव्य व्यक्त बोल्दै विकले करिब डेढ दशक लामो कतार बसाइँपछि मातृभूमि फर्किन लागेको उल्लेख गरे। उनले समाजले दिएको माया, सम्मान र साथप्रति कृतज्ञता व्यक्त गर्दै स्वदेशमा रहँदा पनि संस्थागत गतिविधि तथा आवश्यक सामाजिक कार्यमा आफू निरन्तर जोडिने प्रतिबद्धता जनाए।
समाजका अध्यक्ष सिताराम सुनारले प्रवास जीवनबाट मुक्त भएर स्वदेश फर्किनु सुखद पक्ष भए पनि सहकर्मीलाई बिदाइ गर्नु भावनात्मक र दुःखद क्षण भएको बताए। उनले संस्थाको हकहित र सामाजिक अभियानमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी जीवन सुखद र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। गुमानसिंह विक संस्थाका पूर्व संरक्षक तथा वर्तमान कार्यसमितिका अनुशासन विभाग संयोजक समेत हुन ।