Butwal Today

गगन थापालाई सुदूरपश्चिमका सभापति बलायरले भने–तिम्रा ढंगले कांग्रेस उँभो लाग्दैन

१० जेष्ठ २०८३, आइतबार
अ+
अ-

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायरले पार्टीको वर्तमान नेतृत्व ठीक ढंगले चल्न नसकेको बताएका छन् । कैलालीको धनगढीमा सुरु भएको एकता र पुनर्जागरण भेलालाई सम्बोधन गर्दै बलायरले यस्तो बताएका हुन् ।

‘सर्वोच्च अदालतको फैसलापछि नेतृत्व मान्दैनँ भन्न पनि छोडेका छौँ,’ उनले भने, ‘तर, तिम्रा ढंगले कांग्रेस उँभो लाग्दैन । देउवा नेतृत्वको दुईतिहाइ आज बाहिर छ ।’

उनले प्रदेश समितिबाट आयोजित भेलालाई गुटको भेला भनेर व्याख्या गरिएकोमा आफूलाई आश्चर्य लागेको बताए । ‘यो त ट्रेलर मात्रै हो, सुरुवात मात्रै गरेका छौँ,’ उनले भने, ‘धेरै देखाएका छैनौँ । गुटको भेला भन्दा आश्चर्य लागेको छ ।’

सभापति गगनकुमार थापाले कांग्रेस लास र दासको पार्टी नभएको भन्दै उठाएको प्रसंग निकाल्दै बलायरले आफूहरू अनुदानको राजनीतिबाट नपलाएको बताए । ‘हामी संघर्ष र मिहेनतबाट निखारिएका हौँ,’ उनले भने ।

उनले अहिलेको नेतृत्वसँग विमति रहेको बताउँदै विशेष र त्यो विमति नियमित महाधिवेशनको दूरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?